+
+

माले महासचिवमा पुनः मैनाली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १९:३३

२९ कात्तिक, काठमाडौं । नेकपा मालेको महासचिव पुनः सीपी मैनाली निर्वाचित भएका छन् । चितवनमा सम्पन्न महाधिवेशनले मैनालीको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।

वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सिपी मैनाली हुन् ।

०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेको नेता बने । ०५४ साल फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै रहे । ०५८ साल फागुनमा बामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने मालेमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?