+
+

स्वास्थ्यमा १२ औं तह बढुवाका लागि ५ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १९:२७

२९ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका पाँच जना कर्मचारीलाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो । समितिले कार्य सम्पादन र दुर्गम बसेको आधारमा मूल्यांकन गरेको हो ।

समितीले सिफारिस गरेकाे पहिलो नम्बरमा भेरी अस्पतालका पूर्व निर्देशक डा. श्यामसुन्दर यादव छन् । दोस्रो नम्बरमा बालराेग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ छन् भने तेस्रो नम्बरमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी छन् । चौथो नम्बरमा थापाथली प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्रा परेकी छन्। त्यसैगरी पाँचौं नम्बरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति याेजना महाशाखाका प्रमुख डा. गुणराज लोहनी परेका छन् ।

समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषदमा पठाइने छ । मन्त्रिपरिषदले पाँच जना मध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?