+
+
संवैधानिक आयोगका पदाधिकारीहरूको वक्तव्य :

‘नागरिकको न्याय पाउने अधिकार सुनिश्चित होस्’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १२:३०

३० कात्तिक, काठमाडौं । संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरूले न्यायालयमा देखिएको समस्या समाधानका लागि दुवै पक्षलाई आग्रह गरेको छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै आन्दोलित नेपाल बार र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफ्ना अडानमा लचिलो भएर समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय मानव अधिकार, महिला, दलित, आदिवासी जनजाति, समावेशी, थारु, मधेशी र मुस्लिम आयोगका पदाधिकार र सदस्यहरूले जारी गरेको विज्ञप्तिमा नागरिकको न्याय पाउने अधिकारको सुनिश्चिता गर्न आग्रह गरिएका हुन् ।

वार्ता र संवादबाटै समस्याको समाधान निकाल्नु पर्ने भन्दै उनीहरूले न्यायालयको गतिरोध अन्त्य गर्न सुझाएका छन् । ‘वार्ता र संवादको माध्यमबाटै गतिरोधको अन्त्य गर्दै नियमित रुपमा मुद्दाको सुनुवाइ हुने वातावरण सिर्जना गरी समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न हामी सम्बद्ध सबै पक्षलाई विनम्र अनुरोध गर्दछौं । विज्ञप्तिमा उल्लेख छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?