+
+

प्रदेश २ का उद्योगमन्त्री यादव बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते २१:२३
पदमुक्त भएका मन्त्री रामनरेश राय यादव ।

३० कात्तिक, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ ।

यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिए ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा यादव तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । पछि राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

तर जसपामा महन्थ ठाकुर पक्षसँगको विवादपछि मुख्यमन्त्री राउतले तत्कालिन राजपाबाट मन्त्री बनेका अरु मन्त्री बर्खास्त गर्दा यादवले भने उपेन्द्र यादव पक्षलाई समर्थन गरेका कारण मन्त्रिपरिषदमा कायमै राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?