+
+

सीसीएमसी अब सीसीएमसीसी, सचिव न्यौपानेलाई दिइयो नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १३:३७

१ मंसिर, काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन अध्यादेश खारेज भएसँगै सरकारले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र स्थापना गरेको छ ।

पहिलेको शक्तिशाली संयन्त्र खारेज भएपछि कोभिड १९ महामारी व्यवस्थापनमा मात्रै सहयोग गर्ने गरी समन्वय केन्द्र बनाइएको हो ।

व्यवस्थापिका संसदको पहिलो बैठकको ६० दिनभित्र अध्यादेश स्वीकृत नभएपछि उक्त अध्यादेश स्वतः निष्क्रिय भएको थियो ।

केन्द्रको प्रमुखको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई दिइएको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को जिम्मेवारी पूर्वरथी बालानन्द शर्मालाई दिइएको थियो ।

स्रोतका अनुसार विगतको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई अहिले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कोअर्डिनेशन सेन्टर (सीसीएमसीसी) बनाइएको छ । यसको कार्यालय रक्षा मन्त्रालयमा राखिएको छ ।

पहिले झैँ मेडिकल, लजिस्टिक जस्ता विभिन्न इकाइ बनाएर समितिले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?