+
+

कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १५:२१

१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा खटेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कति पनि कमी नराखेको बताए ।

कोरोना महामारीमा दु:ख गरेका कारणले अरु केही गर्न नसकेपनि सम्मान भएपनि गरिएको उनले बताए। उनले भने, ‘कर्मचारीलाई कुनै भेदभव नराखी जनप्रतिनिधि र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले सम्‍मान गरेका हौं । ‘

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनप्रतिनिधि, कर्मचारी राजनितिक दल सबैपक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन समफल भएकाले सम्‍मान गरेको बताए । साथै उनले कोरोना महामारीमा खटिने कर्मचारीको तलव बृद्धि र प्रोत्साहन भत्ता पनि दिएको बताए ।

रेसुङ्गा नगरपालिका भित्र हालसम्म ९९३ जना कोरोना संक्रमित भएको नगरपालिकाले जनाएको छ । नगरभित्र ११ हजारले कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाइसकेका छन् । नगर क्षेत्रभित्र कुल जनसंख्याको आधारमा ६१ प्रतिशतले कोरोना बिरुद्धको खोप लगाएको नगरपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?