+
+

प्रदेश २ मा माओवादी पहिलो हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १६:२७

१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा आफ्नो दल पहिलो हुने दाबी गरेका छन् । साथै उनले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मधेसको पक्षमा नभएको पनि जिकिर गरे ।

बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले मधेसको हक अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न खोज्दा एमाले र अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताए । उनले अघि भने, ‘केपी ओली र एमाले मधेस विरोधी पार्टी हो ।’

तिनै ओली नेतृत्वको सरकारमा महन्थ ठाकुर र राजेन्द्र महतोहरु सामेल भएको भन्दै प्रचण्डले भने, ‘अब मधेसका जनताको मित्र को हो भन्ने तपाईंहरुले चिन्नु भयो होला ।’

माओवादी नै मधेसको मित्र भएको भन्दै उनले अब प्रदेश २ मा पहिलो पार्टी हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?