+
+

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, ८ सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १८:०२

१ मंसिर, काठमाडौं । आर्मेनिया र अजरबैजानका सेनाबीच भएको पछिल्लो भिडन्तमा परी ८ जना सैनिक मारिएका छन् ।

दुबै मुलुकको साझा सीमानामा मंगलबार भिडन्त भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उक्त भिडन्तमा आफ्ना ७ सैनिकको मृत्यु भएको र १० सैनिक घाइते भएको अजरबैजानको रक्षामन्त्रालयले जनाएको छ ।

आर्मेनियाली अधिकारीका अनुसार आफ्नोतर्फ १ जना सैनिकको मृत्यु भएको छ भने १३ जना सैनिक कब्जामा परेका छन् । त्यस्तै आफ्ना २४ जना सैनिक हराइरहेको अधिकारीले बताएका छन् ।

दुबै पक्षले एकअर्कामाथि भिडन्त सुरु गरेको आरोप लगाएको अलजजिराले बताएको छ । रुसी रक्षामन्त्री सर्गेइ शोइगुले दुबै मुलुकका रक्षामन्त्रीसँग कुरा गरेपछि मंगलबार राति नै भिडन्त अन्त्य भएको समाचारमा उल्लेख छ ।

आर्मेनिया र अजरबैजान पूर्व सोभियत संघमा आबद्ध मुलुक हुन् । नागोर्नो-काराबाख क्षेत्रलाई लिएर दुबै मुलुकबीच गत वर्ष समेत लडाइँ भएको थियो । गत वर्षको भिडन्तमा परी झण्डै ७ हजार मानिसले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?