+
+

तीन डाक्टर १२ ‍औं तहमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १९:५०

२ मंसिर, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त प्रमुख विशेषज्ञ पद ( १२ औँ तहमा) तीन जना डाक्टरलाई बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, चौथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्रा र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा. गुणराज लोहनीको नाम १ २औं तहका लागि सिफारिस गरेको थियो।

त्यसअघि बढुवा समितिले १२ औँ तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?