+
+

‘साउथ चाइना सी’मा चिनियाँ मिलिशियाको गस्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १०:२०

३ कात्तिक, काठमाडौं । अमेरिकामा गरिएको नयाँ अध्ययनमा चीनले दक्षिणी चिनियाँ सागर (साउथ चाइना सी) मा सामुन्द्रिक मिलिशिया खटाएको उल्लेख छ ।

अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) को नयाँ अध्ययनमा दक्षिणी चिनियाँ सागरस्थित स्प्राट्ली आइल्याण्ड्समा चीनका सामुन्द्रिक मिलिसियाले झण्डै ३ सय पाजीजहाजसहित गस्ती गर्ने गरेको उल्लेख छ ।

बिहीबार प्रकाशित अध्ययनअनुसार चीनले सैन्य मिलिशियासहितका पानी जहाज र माछा मार्ने व्यापारिक बेडा उक्त क्षेत्रमा तैनाथ गरेको छ ।

विवादित दक्षिणी चिनियाँ सागरको समग्र भू-भागमा दाबी गर्दै आइरहेको चीनले आफ्नो दाबीलाई निरन्तरता दिने क्रममा मिलिसिया खटाएको हो । चीनले उक्त क्षेत्रमा धावनमार्गसहितको कृत्रिम टापू, बन्दरगाह र अन्य सैन्य संचरना निर्माण गरिसकेको छ ।

दक्षिणी चिनियाँ सागरको केही भू-भागमा भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनाइ र ताइवानले समेत दाबी गर्दै आएका छन् ।

चीनमा सामुन्द्रिक मिलिसियालाई पहिलो पटक १९५० को दशकमा समुन्द्री तटको सुरक्षार्थ खटाइएको थियो । चीनले भियतनामबाट पार्सल आइल्याण्ड कब्जा गरेपछि इन्धन, निर्माण तथा मर्मतमा सरकारी अनुदान पाउँदै आएको मिलिसिलाको आकार र क्षेत्र बढिरहेको छ । सामुन्द्रिक मिलिसिया भौगोलिक एवं सामुन्द्रिक दाबीमा बेइजिङका लागि महत्वपूर्ण बन्दै आएको सीएसआईसीको अध्ययनमा भनिएको छ ।

‘मिलिसियाले २००० को दशकमा बेइजिङले आपत्ति जनाउने हरेक विदेशी सैन्य गतिविधिको निगरानी र अवरोध गर्ने कार्यमा जोड दिएको थियो’, सीएसईसीको रिपोर्टमा भनिएको छ । मिलिसियाले विदेशी डुंगामा आफ्ना पानी जहाज ठोक्याउने, उपकरणमा क्षति पुर्‍याउने, जलमार्गमा भग्नावशेष फाल्ने, पानीका फोहोरा हान्ने र अन्य खतरनाक गतिविधिमा संलग्न हुने गरेको अध्ययनमा उल्लेख छ ।

सी जिङपिङ राष्ट्रपति भएपछि समुद्री मिलिसियालाई व्यावसायिक बनाउने र विस्तार गर्ने प्रयास प्रस्ट रुपमा देखिएको सीएसआईएसका ग्रेग पोलिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?