+
+

घटना दर्ता प्रणाली वडास्तरसम्म विस्तार : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १६:०९

३ मंसिर, काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले विविध कठिनाइका बाबजुद् घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्यांक व्यावस्थापन सन्बन्धी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाणले आफूहरुले सन् २०२४ सम्म घटना दर्तालाई सतः प्रतिशत पुर्‍याउने अन्तराष्ट्रिय प्रतिबद्धता बमोजिम काम गरिरहेको बताए ।

उनले घटना दर्ता तथा तथ्यांक व्यवस्थापनसन्बम्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

एशिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जन बढी सदस्य राष्ट्रहरूको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाणले सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्यांक व्यावस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताए ।

सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समिक्षा गर्न सम्मेलन आयोजना भएको हो । यसभन्दा अघि सम्मेलन नोभेन्वर १६ देखि १९ सम्म थाइल्याण्डको बैंककमा आयोजना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?