+
+

अभिषेक र चित्रांगदा अभिनित ‘बब विश्वास’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १९:०१

३ मंसिर, काठमाडौं । अभिषेक बच्चन र चित्रांगदा सिंह अभिनित बलिउड फिल्म ‘बब विश्वास’को ट्रेलर सार्वजनिक भएको छ ।

सुभाष घईको निर्देशनमा बनेको फिल्म अपराधको कथामा आधारित छ । फिल्ममा अभिषेक बब विश्वासको भूमिकामा छन् भने चित्रांगदालाई उनकी पत्नीको भूमिकामा देख्न सकिन्छ ।

फिल्मको कथा ‘बब विश्वास’को जीवनमा आधारित रहेको बताइएको छ । यो फिल्ममा अभिषेकले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरमा उनी स्मरणशक्ति गुमाएको व्यक्तिको रुपमा देखिएका छन् ।

‘बब विश्वास’ डिसेम्बर ३ मा ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?