+
+

अभिलाषा र टेलरको जोडी पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते ७:००

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट- २ को गर्ल्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६-१ र ६-२ को सोझो सेटमा सहजै पराजित गरे ।

सर्किट- १ को गल्र्स डबल्समा पनि अभिलाषा र टेलरको जोडी नै पहिलो भएका थिए । अभिलाषा गल्र्स सिंगल्समा पनि फाइनल पुगेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

ब्वाइज डबल्समा भने नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेतामा सीमित बने । सर्किट- १ पनि उक्त जोडी उपविजेता बनेको थियो । फाइनलमा रसियाली जोडीले नेपाली जोडीलाई ४-६, ६-० र १०-६ को सेटमा हराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?