+
+

लागूऔषध सहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १०:२९

५ मंसिर, वीरगञ्ज । पर्साबाट प्रहरीले एक हजार ३५० थान (एम्पुल) लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले धोविनी गाउँपालिका-२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई पक्राउ गरेको हो ।

ना४५प ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिश्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका उनको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘लागूऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने ।

साहले चलाएको मोटरसाइकलबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०/४५० थान गरी एक हजार ३५० थान लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि बसेका अर्का एक युवक भने भाग्न सफल भएका छन् । नियमित चेकजाँचको क्रममा प्रहरीले शनिबार भिश्वा नाकामा ड्युटी खटाएको थियो ।

चेकजाँचका क्रममा साँझ साढे ६ बजेतिर एउटा मोटरसाइकलमा दुई जना युवक आइरहेका थिए । प्रहरीलाई देख्ने वित्तिकै मोटरसाइकलको गति बढाएर उनीहरू भाग्न खोजे ।

शंका लागेपछि प्रहरीले अर्को बाइकमा लिफ्ट मागेर उसलाई पछ्याएको थियो । छिपहरमाई गाउँपालिका-४ भिश्वा वञ्जारी नजिकैको झोलुंगे पुलको जाममा गएर बाइक अडि्कयो ।

पछाडि बसेका व्यक्ति झोला छोडेर भाग्न सफल भए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?