+
+

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च परिसरमा आज पनि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ११:२५

५ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार पनि धर्ना जारी राखेका छन् ।

उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका छन् । धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका थिए ।

धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै १४ कात्तिकदेखि प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनअन्तर्गत नेपाल बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका बहस पैरवी नगर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?