+
+

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक सोल्सगेयर बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १६:४४

काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सगेयरलाई बर्खास्त गरेको छ । आइतबार वाटफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोरेपछि युनाइटेडले सोल्सगेयरलेलाई हटाएको हो ।

यो हारसँगै युनाइटेड प्रिमियर लिगमा लिडर चेल्सीभन्दा १२ अंक पछाडि परेको छ । खराब लयमा रहेको युनाइटेडले लिगमा पछिल्लो सातमध्ये एक खेल जितेको छ भने लिभरपुलसँग ५–० र म्यानचेष्टर सिटीसँग २–० को हार व्यहोरेको छ ।

४८ वर्षका सोल्सगेयर डिसेम्बर २०१८ मा युनाइटेडका अन्तरिम प्रशिक्षक बनेका थिए । जोजे माउरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकको भूमिका पाएका उनलाई युनाइटेडले २०१९ मार्चमा पूर्ण रुपम प्रशिक्षक बनाएको थियो । उनले जुलाइमा मात्र २०२४ सम्मको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?