+
+

मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:२४

५ मंसिर, बुटवल । गृहमन्त्री बालकृष्ण खाणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् ।

आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा नरहेको बताए ।

उनले स्थानीयलाई विस्थापित गर्नुको साटो मोतिपुर औद्यौगिक क्षेत्रलाई घटाएर निर्माण प्रारम्भ गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिए । औद्योगिक क्षेत्र बनाउने भनिएको दुई सय बिघा बढी जग्गा स्थानीयले जोतभोग गरेको क्षेत्र छ । त्यहां २ हजार बढी घरधुरी बसोबास गरिरहेका छन् ।

यसअघि एमाले नेतृत्वको सरकार हुंदा स्थानीयको मागलाई बेवास्ता गर्दै औद्योगिक क्षेत्र शिलान्यास गरेपछि झडप भएको थियो । स्थानीयले तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलगायतमाथि ढुंगामुढा गरेर कार्यक्रम बिथोलेका थिए ।

गृहमन्त्री गृहमन्त्री खाँणले नेकपा एमालेका नेता विष्णु पौडेल र प्रदेश सभाका एमालेकै सांसदहरु भोजप्रसाद श्रेष्ठ र लिला गिरीलाई लक्षित गर्दै प्रदेश राजधानीका विषयमा जनतालाई झुक्याएको आरोप लगाए ।

‘उहाँहरुले भोट माग्दा बुटवललाई राजधानी बनाउँछौं भन्नुभयो, र प्रदेश सभा र सरकारमा पुगेपछि आफैले राजधानी सार्ने षड्यन्त्र गर्नुभयो’ खाणले भने ।

उनले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकार प्रयत्नशील रहेको भन्दै त्यसलाई पूरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीलाई उडान इजाजतको लागि प्रस्ताव राखिसकेको बताए ।

देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी गर्दै सरकारले परिचर र सिपाहीलाई सोही पदबाट पेन्सन पाक्ने परम्पराको अन्त्य गरेको जानकारी दिए ।

परिचर प्रहरी जवानबाट पेन्सन हुने र प्रहरी जवान सहायक हवल्दारबाट पेन्सन निस्कने प्रबन्ध सरकारले मिलाउने तयारी गरेको खाणले बताए ।

यसैबीच गृहमन्त्री खांणले भैरहवामा प्रदेश सभा क्षेत्रीय अधिवेशनका क्रममा आक्रमणमा परी घाइते भएर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शैलेश पन्तलाई अस्पतालमै पुगेर भेटेका छन् ।

उक्त घटनामा आफ्नो नाम जोडेर प्रचार गरिनु गलत भएको भन्दै खांणले पार्टीको आन्तरिक विषयलाई पार्टीभित्रै मिलाएर जानुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?