+
+

बाल विवाह अन्त्यका लागि छोरी शिक्षामा जोड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:३४

५ मंसिर, वीरगञ्ज । बालविवाह अन्त्यका लागि छोरीको पढाइमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सँगसँगै पैतृक सम्पत्तिमा छोरीको अंश हक सम्बन्धि कानुन कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुको मत छ ।

आइतबार बाराको कलैयामा शान्तिका लागि साझा अभियान (कोक्याप) ले साथ साथ सिकाइ सञ्जाल समिति बाराको समन्वयमा गरेको अन्तक्र्रियाका सहभागीले छोरीलाई सक्षम बनाउनुपर्ने बताए

सामाजिक परिचालिका मीना गुप्ताले कम उमेरमा विवाह गर्दा धेरै समस्या भोग्नुपर्ने बताइन् । ‘कम उमेरमा विवाह हुँदा, बच्चा कहिले जन्माउँदा ठीक हुन्छ ? घर व्यवहार कसरी धान्ने ? जानकारी हुँदैन । परिवारका सदस्यले बुझिदिँदैनन्’ उनले भनिन् ‘शिक्षा सीप केही हुँदैन, जसले गर्दा निकै कष्टकर जीवन व्यतित गर्नुपर्छ ।’

अधिकारकर्मी गौरी ढकालले दाइजो नलिई विवाह गर्नेलाई सामाजिक रुपमा सम्मान गर्नुपर्ने बताइन् । ‘चिया पसलमा होस वा मन्दिरमा पुजा गर्न जाँदा होस, फलानोले यति लाख रुपैयाँ दाइजो लिए भनेर कु–प्रचार गर्छौ । तर गाउँमा कसैले दाईजो नलिई विवाह गरेको बारे खासै चर्चा हुँदैन’ उनले भनिन् ‘नराम्रो प्रवृत्तिको चर्चा कम गर्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय बारा अन्र्तगतको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक भरत अधिकारीले प्रहरीमा बाल विवाह विरुद्धको उजुरी नै न्युन आएको बताए । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले लुकिछिपी बाहेक बाल विवाह नभएको दावी गरे ।

‘बाल विवाह नै गर्ने गराउने त एकदमै कम छ, अति विपन्न, मुसहर, चमार, डोम समुदायमा मात्रै हो’ उनले भने, ‘बालबालिकाहरु १५÷१६ वर्षको उमेरमै भाग्ने गर्दा समस्या छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?