+
+

आलियाको पहिरन किन भयो ट्रोल ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १२:२३

६ मंसिर, काठमाडौं । बलिउडमा कलाकारहरुको पहिरनदेखि अभिव्यक्ति बारम्बार ट्रोलको शिकार बन्न पुग्छन् । कलाकारहरुले बोलेका कुरालाई सामाजिक सञ्जालमा मजाक उडाउन दर्शकले छाड्दैनन् ।

अझ कलाकारले सार्वजनिक कार्यक्रममा लगाउने पहिरन त बारम्बार आलोचित बन्न पुग्छन् । नायिका आलिया भट्ट हालै मात्र एक विवाह समारोहमा पुग्दा ट्रोलको शिकार बन्न पुगेकी छन् ।

आफ्ना नजिकका साथी अनुष्का रञ्जन र आदित्य सीलको संगीत सेरेमनीमा पुगेकी आलियाको पहिरन सामाजिक सञ्जालमा ट्रोलको शिकार बन्न पुगेको छ ।

कार्यक्रममा आलिया लेहेंगा लगाएर पुगेकी थिइन् । उनको ब्लाउज रिवर्ट प्यार्टनमा बनेको थियो । तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलियाको तुलना उर्फी जावेदसँग गरे, जो अचम्म लाग्दा फेसन गरेर चर्चामा आउने गर्छिन् ।

सामाजिक सञ्जालमा आलियालाई यो वर्षकै खराब पहिरनको अवार्ड दिनुपर्ने भन्दै आलोचना गरिएको छ । यस्तै, कतिपयले आलियाले ब्लाउज उल्टो लगाएको भन्दै ट्रोल गरेका छन् ।

यस्तै, आलियाले वाहियात ड्रेस लगाएको भन्दै आलोचना भइरहेको छ । कतिपयले आलियालाई सुन्दर पहिरन लगाउन सुझाव दिएका छन् ।

हुन त, आलियाभन्दा अगाडि यस्तो शैलीको पहिरन लगाएर केही अभिनेत्री आलोचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?