+
+

सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १४:४१

६ मंसिर, काठमाडौं । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम सीओएएस राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ ।

भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासेनानी मुनल बस्नेतले खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने  जानकारी गराए । बाह्रै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको उनले बताए ।

खुल्लातर्फ पुरुष/महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ । यो विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ छ । पुरुष/महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५/१५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष/महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजारका दरले नगद पुरस्कार जित्ने छन् ।

भेट्रानमा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुने छ । ६५ वर्षमाथि सिंगल्स स्पर्धा मात्र राखिएको छ । भेट्रानको जम्मा पुरस्कार राशी ३ लाख ७ हजार रुपैयाँ रहेको छ । त्यस्तै एक स्पर्धा पुरुष डबल्समा खेल हुने इन्टर गोभरमेन्टल विधाको जम्मा नगद पुरस्कार राशी ५२ हजार रुपैयाँ रहेको छ ।

महासेनानी बस्नेतले कुनै पनि स्पर्धामा कम्तिमा ८ टिमको सहभागिता हुन पर्ने बताउँदै सो भन्दा कम भएको खण्डमा पुरस्कार राशी घटाउन वा स्पर्धा नै स्थगित गर्न सकिने बताए । एक खेलाडीले बढीमा २ स्पर्धामा मात्र भाग लिन पाउने प्रावधान राखिएको छ भने खेलाडीले क्लबको प्रतिनिधित्व गर्नु पर्नेछ ।

पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भद्रकालीस्थित आर्मी अफिसर्स क्लब तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा खेलाइने छ । प्रतियोगिता टेनिस संघकै प्राविधिक सहयोगमा हुने लागेको हो । लनटेनिस प्रशिक्षक कृष्णराज घलेलाई प्राविधिक निर्देशकको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?