+
+

यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटन खेलमा प्रदेश १ र बागमती भिड्‍ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १६:४९

६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंगलबारदेखि काठमाडौंमा यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

सिजी फुड्स नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता काठमाडौंको कीर्तिपु र मूलपानी मैदानमा हुने क्यानले जनाएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।

प्रतियोगिता एकदिवसीय फर्म्याटमा सेतो बलले खेलाइने क्यानले जनाएको छ ।

उद्‌घाटन खेल प्रदेश १ र बागमती प्रदेशबीच टीयू मैदानमा हुनेछ । यस्तै सोही दिन गण्डकी र लुम्बिनी प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ ।

लिग चरणमा कूल २१ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टिमबीच फाइनल खेल हुने क्यानले जनाएको छ । फाइनल खेल मंसिर १९ गते टीयू मैदानमा हुनेछ ।

य-१९ राष्ट्रिय प्रदेशका लागि जिल्ला स्तरिय र प्रदेश स्तरिय प्रतियोगिता आयोजना गर्दै टिम छनोट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?