+
+

टाइगरले म्यानेजरलाई रोकेर लण्डनको सडकमा गरे डान्स

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १७:२२

६ मंसिर, काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ विशेषगरी वर्कआउट गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् । तर, हालै उनले बेलायतको लण्डनको सडकमा डान्स गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

भिडियोमा उनले आफ्नो आकर्षक शरीर त  देखाएका छन् नै, आफ्ना म्यानेजरलाई समेत रोकेर सडकमै डान्स गर्न शुरु गरेको देखिन्छ । टाइगरको यो शैलीको अहिले निक्कै चर्चा भइरहेको छ ।

एक्सन स्टार टाइगर अभिनित चलचित्र ‘गणपत’ चाँडै प्रदर्शन हुँदैछ । यो चलचित्रमा उनलाई कृति सेननले साथ दिएकी छन् । यो जोडीले यसअघि चलचित्र ‘हिरोपन्ती’मा एकसाथ अभिनय गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?