+
+

चिनियाँ सेनाबाट मारिएका भारतीय कर्नेललाई महावीर चक्र

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १३:५२

७ मंसिर, काठमाडौं। भारतीय सेनाका कर्नेल सन्तोष बाबुलाई मरणोपरान्त महावीर चक्र प्रदान गरिँदै छ। बाबुलाई मरणोपरान्त महावीर चक्रबाट विभूषित गर्न लागिएको हो ।

लद्दाखको गलवान उपत्यकाभित्र घुसपैठ गर्न खोजेको चिनियाँ सेनासँग बहादुरीका साथ लडेको भन्दै बाबुलाई आज दोस्रो ठूलो सैन्य पदकबाट विभूषित गर्न लागिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै चिनियाँ सेनासँगको लडाइँमा मारिएका नायब सुवेदार नुदुराम सोरेन, हवल्दार के. पलानी, प्यूठ दीपक सिंह र सिपाही गुर्तेज सिंहलाई मरणोपरान्त तेस्रो ठूलो युद्धकालीन पदक ‘वीरचक्र’बाट विभूषित गरिँदै छ ।

गत वर्ष जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा हिंसात्मक झडप भएको थियो । भारतीय सेनाले लद्दाखमा चलाएको ‘स्नो लियोपर्ड’ नामक सैन्य अभियानमा सहभागी हुने क्रममा भएको उक्त भिडन्तमा कर्नेल बाबुसहित २० भारतीय सैनिकको ज्यान गएको थियो । झडपमा चिनियाँ सेनातर्फ समेत हताहती भएको थियो । अमेरिकी खुफिया एजेन्सीका अनुसार चिनियाँ जनमुक्ति सेनाका झण्डै ३५ सदस्यको मृत्यु भएको थियो ।

गलवानमा झडप हुँदा सन्तोष बाबु १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर थिए । चिनियाँ सेनाको निगरानी गर्न भन्दै अब्जर्भेसन पोष्ट खडा गर्ने जिम्मेवारीसहित तैनाथ १६ बिहारका सैनिक र चिनियाँबीच हिंसात्मक झडप हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?