+
+

नेपालले भुटानविरुद्ध बलिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १६:३५

७ मंसिर, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो खेलमा नेपालले भुटानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । नेपाल पहिलो खेलमा हङकङसंग ६ विकेटले पराजित भएको थियो ।

६ टोली सहभागी छनोटमा विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्न नेपालले बाँकी चार वटै खेल जित्नुपर्नेछ ।

भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो । आजै भएको खेलमा  हङकङ युएईसंग पराजित भएपछि नेपाललाई फाइदा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?