+
+

त्रिविमा सबैभन्दा बढी विद्यार्थी अध्‍ययनरत, सामुदायिक र निजी क्याम्पसमा घट्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १६:१४

७ मंसिर, काठमाडौं । विश्वविद्यालय अनुदान अयोगले सार्वजनिक गरेको तथ्‍याङ्क अनुसार सबैभन्दा बढी विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहेका छन् । गतवर्ष ४ लाख ६६ हजार ८२८ रहेकोमा सबैभन्दा बढी ३ लाख ५६ हजार ६५४ जना विद्यार्थी त्रिभुवन विश्‍वविद्यालयमा अध्ययनरत रहेको आयोगले जनाएको छ ।

यस्तै १५२ विश्वविद्यालय आंगिक क्याम्पस, ५३६ सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरु र ७५९ निजी क्याम्पसहरु गरी १ हजार ४३७ क्याम्पस पुगेको आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यी क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीको संख्या तुलना गर्दा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या बढी पाइएको हो ।

यस्तै सबैभन्दा कम विद्यार्थी भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी देखिएका छन् । प्रतिष्ठानमा जम्मा ५९ जना विद्यार्थी मात्रै अध्ययरत रहेको आयोगले जनाएको छ ।

आयोगको २८औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव शंकरप्रसाद भण्डारीले प्रस्तुत गरेको प्रगति विवरण अनुसार आंगिक क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरु करीब ३५.८ प्रतिशत छन् भने क्याम्पसको हिस्सा १०.५८ प्रतिशत मात्र रहेको छ ।

यस्तै सामुदायिक र निजी क्याम्पसहरुको विद्यार्थी हिस्सा २८.५२ प्रतिशत र ३५.६८ प्रतिशत रहेका छन् भने क्याम्पसको हिस्सा क्रमश ३७.३ र ५२.१२ प्रतिशत रहेको आयोगले जनाएको छ ।

विगतको तुलनामा आंगिक क्याम्पसमा विद्यार्थी संख्या बढेको आयोगले सार्वजनिक गरेको तथ्याङमा उल्लेख गरिएको छ । सामुदायिक र निजी क्याम्पसहरुमा भने विद्यार्थी संख्या घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?