+
+

शाहिद कपुरको ‘जर्सी’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १८:४८

७ मंसिर, काठमाडौं । बलिउड अभिनेता शाहिद कपुरको नयाँ चलचित्र ‘जर्सी’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि यो चलचित्रको पोस्टर सार्वजनिक भइसकेको छ ।

‘जर्सी’मा शाहिद एक क्रिकेटरको भूमिकामा देखिएका छन् । यस्तै मृणाल ठाकुर उनकी श्रीमतीको भूमिकामा छिन् भने पंकज कपूरको पनि यो चलचित्रमा मुख्य भूमिका छ ।

ट्रेलरमा एक क्रिकेट खेलाडीले गरेको संघर्षलाई देखाइएको छ । गौतम तिन्नुरीको निर्देशनमा बनेको यो चलचित्र कोेरोना महामारीका कारण दुई वर्षपछि सिनेमा हलमा प्रदर्शन हुन लागेको हो । यो चलचित्र ३१ डिसेम्बरमा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘जर्सी’ सुपरहिट तेलुगु चलचित्रको हिन्दी रिमेक हो । ‘कबीर सिंह’पछि शाहिदको यो बहुप्रतीक्षित चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?