+
+

सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १८:५५

७ मंसिर, रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाणले बताए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ५ मर्चवारीमा रहेको मर्चवारी माइ मन्दिरमा पुजाआजा पछि नेपाली कांग्रेसका नेता-कार्यकर्तासँगको भेटघाटमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताए ।

सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैंचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले पूरा देश जेगिन पुगेको गृहमन्त्री खाणको भनाइ थियो।

हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताए । रुपन्देहीको मर्चवारमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मत छिटोभन्दा छिटो उपलब्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?