+
+

आवास तथा बस्तीसम्बन्धी सम्मेलन आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १४:१०

८ मंसिर, काठमाडौं । नेपालमा आवास तथा बस्ती सम्बन्धी एशिया प्रशान्तस्तरीय सम्मेलन आयोजना हुने भएको छ ।

शहरी विकास मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व तथा एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरुको प्राविधिक सहयोगमा यही मंसिर ९ गतेदेखि सम्मेलन हुन लागेको हो ।

आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यहरुबारे छलफल गर्ने र भावी रणनीति तय गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एक ठाउँमा ल्याई एक बलियो सञ्जाल स्थापना गर्ने विश्वास छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखेलले भने, ‘सम्मेलनले विभिन्न देशहरुमा हालै भएका विपद्का घटनाबाट सिकिएका पाठ, अनुभव तथा तिनका प्रतिकार्यबारे छलफल गरी निश्कर्ष निकाल्नेछ ।’

यस सम्मेलनले एसिया प्रशान्त क्षेत्रका आवाससँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट सरकारी तथा गैर सरकारी संस्था, निजी क्षेत्र विकास साझेदार र आवास क्षेत्रमा कटिवद्ध व्यक्तिहरु सबैलाई एकै थलोमा भेला गराएर आवासको क्षेत्रमा काम गर्न थप प्रोत्साहन गर्ने विश्वास पोखरेलको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनको नाम ‘आवास तथा बस्ती सम्बन्धी क्षेत्रीय सिकाई एवं सहकार्य’ राखिएको छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा भौतिक रुपमा र विश्वभरबाट जुम एपमार्फत् सम्मेलनमा सहभागी हुन सक्ने प्राधिकरणले जनाएको छ ।

मंसिर ७ गतेसम्म भएको अनलाइन दर्ता प्रकृयाका आधारमा १५० सहभागीहरुले भौतिकरुपमा सहभागिता जनाउने अनुमान छ । जुम एप मार्फत भर्चुअल रूपमा सहभागिता जनाउनका लागि ३२७ जनाले नाम दर्ता गराएको प्राधिकरणले जनाएको छ ।

सम्मेलनको उदघाटन शहरी विकास मन्त्री रामकुमारी झाँक्री र समापन गृहमन्त्री बालकृष्ण खाँणले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?