+
+

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १४:५१

८ मंसिर, काठमाडौं । ललितपुर टेबल टेनिस क्लबको आयोजना र स्पिन इभेन्टको व्यवस्थापनमा आगामी माघमा ‘चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने जनाएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान,बंगलदेश, युएई, कोरिया लगातयका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको हो।

प्रतियोगिताको मुख्य प्रायोजकमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ । बुधबारै मुख्य प्रायोजकसँग आयोजकले सम्झौता पनि गरेको छ ।

सम्झौतामा ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटरीका निर्देशक रजना श्रेष्ठ जोशीले हस्ताक्षर गरे ।

प्रायोजन बापत आयोजकले प्रतियोगिताको कुल बजेटको आधा रकम प्रदान गर्नेछ ।

कुल बजेट २१ लाख ५० हजार रहेको प्रायोजकले १० लाख ७५ हजार प्रदान गर्ने र बाँकी रकम अन्य प्रायोजकबाट उठाउने आयोजकले जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष उर्दिप जोशीले खेलकुद पदक जित्न र नाम कमाउन मात्र नभई समाज राम्रो बनाउन पनि महत्वपूर्ण हुने बताउँदै खेलाडीको स्वास्थ्य राम्रो बनाउने बताए ।

प्रतियोगितमा पुरुष र महिला टिम इभेन्टस्, पुरुष र महिला एकल, भेट्रान्सतर्फ ४० वर्ष माथि उमेर समूह र ४५ वर्ष माथि उमेर समूह (पुरुष) गरि कुल सात विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा लिगका खेलहरु बेस्ट अफ ५ र नकआउटका खेल बेस्ट अफ ७ का आधारमा खेलाइनेछ । जसअन्तर्गत पुरुष र महिला टिम इभेन्टस् तथा पुरुष र महिला एकलतर्फका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै भेट्रान्सतर्फका विजेता,उपविजेता र तेस्रो हुने क्रमशः खेलाडीले १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ र २५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?