+
+

एमाले महाधिवेशनमा माओवादी नेताको शुभकामना : कम्युनिष्ट एकता अनिवार्य

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १४:४२

१० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताएका छन् ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै पोखरेलले राष्ट्रिय स्वाधिनता र विकासमा मतभेद हुन नहुने बताए । ‘कम्युनिष्ट आन्दोलन अगाडि बढाउन कम्युनिष्ट एकता र ध्रुवीकरण अनिवार्य छ,’ उनले भनेका छन्, ‘आवश्यकताले हामीलाई त्यो ठाउँमा अवश्य पुर्याउने छ । विचार र कार्यदिशाको एकता त्यसको आधार हो ।’

यद्यपि हामी माउखाने माकुरा बनेर प्राणबिहीन मार्क्सवादको मलामी बन्न नचाहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?