+
+

टोकियोमा मासिक १०३ रुपैयाँ तिरेर अपार्टमेन्टमा बस्न पाइने !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १४:४४

१० मंसिर, काठमाडौं । संसारका महँगा शहरमा जापानको राजधानी समेत पर्छ । टोकियोमा औसत जीवन धान्न मासिक सैयौं डलर चाहिन्छ ।

एक अध्ययनअनुसार टोकियो बस्दा एउटा परिवारको मासिक खर्च ३ हजार अमेरिकी डलरसम्म पुग्न सक्छ ।

संसारकै महँगो राजधानीमा पर्ने टोकियोमा १०३ रुपैयाँ मासिक भाडामा अपार्टमेन्ट पाइन्छ भन्दा अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । अबदेखि स्विडेनको चर्चित फर्निचर कम्पनीका कारण टोकियोमा मासिक १०३ रुपैयाँ भाडा तिरेर बस्न सकिने भएको हो ।

फर्निचर बिक्री गर्दै आएको स्विडेनको बहुराष्ट्रिय कम्पनी इकीयाले राजधानी टोकियोमा सानो अपार्टमेन्ट दिने गरी एक कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम अनुसार टोकियोको शिनजुकु नगरमा मासिक ९९ जापानी यन अर्थात् १ डलरभन्दा डलर (१०३ नेपाली रुपैयाँ) तिरेर अपार्टमेन्ट बस्न पाइने छ ।

शिनजुकुमा भाडामा दिइने अपार्टमेन्टको क्षेत्रफल १० वर्ग मिटर हुने सीएनएनले जनाएको छ । उक्त क्षेत्रफलको अपार्टमेन्ट आरामदायी र घरभित्र चाहिने सबै सुविधा उपलब्ध हुनेछन् । बिजुली, खानेपानी लगायतका सुविधाबापत हुन आउने खर्च भने भाडामा बस्ने व्यक्तिले नै ब्यहोर्नुपर्ने कम्पनीको भनाइ छ ।

केबल १०३ रुपैयाँ मासिक भाडा तिरेर बस्न पाइने अपार्टमेन्टमा लफ्ट बेड, किचन, बाथरुमको व्यवस्था छ भने इकियाका फर्निचरबाट सजाइएको छ ।
तर ‘इकिया फ्यामिली मेम्बरशीप प्रोग्राम’मा आबद्धलाई मात्रै सस्तोमा अपार्टमेन्ट प्रदान गरिने छ ।

भाडामा बस्न चाहने सदस्यले डिसेम्बर ३ गतेभित्र आवेदन दिन सक्नेछन् । उक्त मितिसम्म २० वर्षमाथिका व्यक्तिले आवेदन दिन सक्ने र छनौट हुने व्यक्तिसँग २०२३ जनवरीसम्मका लागि सम्झौता गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार सुरुमा एउटा मात्रै अपार्टमेन्ट भाडामा दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?