+
+

ओली भन्छन् : प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १५:४०

१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम देखिएका छन् ।

एमालेले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भएनन्, एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रम स्थलमा बसिरहे ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई अतिथि बनाएर राखेर सरकारबाट टिप्पणी गर्नु राम्रो नहुने बताए । ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’

अघि भने, ‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि ? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?