+
+

कर छलीको आरोपमा तीन वटा फर्मविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १५:१०

१० मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले भ्याट (मूल्य अभिवृद्धि कर) र आयकर छली आरोपमा तीन व्यवसायिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।

नक्कली बिजकको प्रयोग गरी कर छली गरेर राज्यलाई हानि नोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुलेको विभागको अभियोगपत्रमा उल्लेख छ । तीन वटा फर्महरुलाई कुल २९ करोड ७७ लाख रुपैयाँ विगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

बाराको उज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, जितपुर सिमराका दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल र टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौलालाई विभागले मुख्य प्रतिवादी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?