+
+

भरतबन्धुको तस्वीरमा नेपाल फोटो पुस्तक बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १८:४१

११ मंसिर, काठमाडौँ । लेखक तथा पत्रकार भरतबन्धु थापाले आफ्नो छैठौं कृतिका रुपमा ‘तस्वीरमा नेपाल’ फोटो पुस्तक बजारमा ल्याएका छन् । यो पुस्तकमा पूर्वमा ओलाङचुङगोलादेखि पश्चिममा कालापानीसम्म र उत्तरमा सगरमाथादेखि दक्षिणमा जनकपुरसम्मका तस्वीर समावेश गरिएको छ ।

सातै प्रदेशको परिचयसहित त्यहाँका प्रमुख स्थानका तस्वीरहरुलाई एउटै कृतिमा समेटेर थापाको पुस्तकलाई नेपाल प्रज्ञा पतिष्ठानले प्रकाशन गरेको हो ।

पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले विगत दुई दशकयता खिचेका नेपालको भौगोलिक, प्राकृतिक सुन्दरता, पूरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ४ सयभन्दा बढी स्थानका तस्वीर समावेश छ र ती स्थानका महत्व पनि उल्लेख गरिएको छ ।

लेखक तथा फोटोपत्रकार थापाले यो पुस्तक नेपाल बुझ्ने आँखीझ्याल हुने बताए । ‘यस पुस्तकमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’ उनले भने । ३ सय २० पृष्ठको यो पुस्तकको मूल्य २ हजार ७० रुपैयाँ रहेको छ ।

प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसबाट यो पुस्तक पाउन सकिने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए । लेखक थापाका यसअघि वाईल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०), एक्सपोलर फारवेष्ट (२०२०) र गन्तव्य मध्यपुर (२०२१) पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?