+
+

बागमती प्रदेश सभापतिमा पौडेल पक्षकै ७ जनाको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १७:३८

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सात जनाले दावी गरेका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत मंसिर १६–१७ गते हुने प्रदेश अधिवेशनमा पौडेल पक्षबाट मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रमेश धमला, राजुराज जोशी, रामचन्द्र खड्का, रघुरमण न्यौपाने र रामचन्द्र अर्याल माइकलले प्रदेश सभापतिमा दावी गरेका छन् ।

आइतबार कांग्रेस नेता प्रकाशमान सिंहले सबै आकांक्षीसँग छलफल गरेका छन् । सभापतिका आकांक्षी धेरै भएपछि सहमतिमा एक जना उम्मेदवार छनोट गर्न छलफल गरिएपनि सबैले आफूलाई नै बलियो उम्मेदवारका रुपमा दावी गरेको एक नेताले बताए ।

नुवाकोट जिल्लाका पूर्वसभापति केसीले सहमतिको पहल भइरहेको बताए । ‘सबैको दावी हुनु स्वाभाविक हो । प्रदेश सभापतिमा दावी गर्ने सबै नेताहरु पूर्वजिल्ला सभापति नै हुनुहुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘बागमती प्रदेशका केन्द्रीय नेताहरु बसेर उम्मेदवार तय गर्ने कुरा भएको छ ।’

आइतबारको छलफलबाट साझा उम्मेदवार चयन सम्भव नभएपछि पौडेल पक्षका नेताहरुबीच सोमबार छलफल गर्ने तयारी रहेको बताइएको छ । वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, गगनकुमार थापालगायतका नेताले छलफल गरेर उम्मेदवार टुंगो लगाउने नेता केसीले बताए ।

संस्थापन समूहबाट बागमती प्रदेश सभापतिमा मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले तयारी गरेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहनिकट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । काठमाडौंमा प्रधान र संस्थापन समूहबीच अधिवेशनमा गठबन्धन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?