+
+

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १३:३२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गरेको छ ।

मुक्तिनाथ विकास बैंकले बीरगञ्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल बीरगञ्ज प्रालिसँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौता गरेको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, देव कर्नरमा पनि सम्झौता पश्चात बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट को फाइदा लिनसक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?