+
+

क्यारिकले छाडे म्यानचेस्टर युनाइटेड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:४९

१७ मंसिर, काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका केयर टेकर प्रशिक्षक माइकल क्यारिकले क्लब छाडेका छन् ।

मुख्य प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्तीमा परेपछि क्यारिक केयरटेकर प्रशिक्षक बनेका थिए । तर प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा आर्सनललाई ३-२ ले पराजित गरेपछि क्यारिकले क्लब छाड्ने घोषणा गरेका हुन् ।

क्यारिक यसअघि जोसे माउरिन्हो र सोल्सायरको पालामा सहायक प्रशिक्षक रहेका थिए । युनाईटेडले यस सिजनका बाँकी अवधीका लागि राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिसकेको छ ।

‘मैले उत्कृष्ट क्लबमा बिताएको समय सधैँ मेरो करियरमा उत्कृष्ट वर्षको रुपमा रहनेछ ।’ क्यारिकले भनेका छन् ।

१५ वर्षअघि युनाइटेडमा पहिलो पटक अनुबन्ध हुँदा आफूले यति धेरै ट्रफी जित्ने नसोचेको उनले बताएका छन् । खेलाडीको रुपमा १२ वर्ष बिताउँदा उनले ५ प्रिमियर लिग उपाधि जितेका थिए ।

युनायटेडको केयरटेकर प्रशिक्षकको रुपमा क्यारिकले ३ खेलको प्रशिक्षण सम्हाले । जसमा भियारियाल विरुद्ध २-० को जित हात पार्दा चेल्सीसंग १-१ को बराबरी र आर्सनल विरुद्ध ३-२ को जित थियो ।

अब राल्फ राइनिङले सिजनको अन्त्यसम्मको लागि शुक्रबार नयाँ अन्तरिम प्रशिक्षकको रुपमा कार्यभार सम्हाल्नेछन् । क्रिस्टल प्यालेस विरुद्धको खेल राइनिङको प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?