+
+

राप्रपाको महामन्त्री बन्न रेखाको दौडधुप (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:४९

१७ मंसिर, काठमाडौं । नेपाली चलचित्रको पर्दामा थुप्रै पटक समाज र राष्ट्रलाई बदल्नका लागि नायकको अवतारमा देखिएकी अभिनेत्री रेखा थापा यतिबेला नयाँ अभियानमा लागेकी छन् । रेखाले चलचित्र क्षेत्रको करिअर उत्कर्षमा पुगिरहेको समयमा राजनीतिक यात्रालाई अगाडि बढाउन नखोजेकी होइनन् । तर, विविध कारणले उनको राजनीतिक करिअर अगाडि बढ्न सकेन ।

रेखा अब भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक जीवनलाई अगाडि बढाउने सोचमा छिन् । अभिनेत्री थापा राप्रपाको भृकुटीमण्डमा जारी महाधिवेशनमा महामन्त्री पदमा उठेकी छन् । अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट रेखाले महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् । रेखा शुक्रबार दिनभर नै पार्टीका प्रतिनिधिहरुसँग भोट माग्न व्यस्त देखिइन् ।

राजनीतिमा युवाहरु आउनुपर्छ भन्ने सोचका साथ रेखा लिङ्देनको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी छन् ।

चलचित्र निर्माण गरेपछि दर्शकलाई हेरिदिन आग्रह गर्दै देश दौडाहा हुन्थिन् रेखा कुनै बेला । तर, यतिबेला उनको जीवनको कोर्स फेरिएकोे छ । शनिबार राप्रपाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

तस्वीर : चन्द्र बहादुर आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?