+
+

मुक्तिनाथ फाउण्डेशनको औपचारिक शुभारम्भ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १३:५४

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले सोमबारदेखि विधिवतरुपमा आफ्नो कार्य शुभारम्भ गरेको छ ।

फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सोक्रममा अध्यक्ष ढकालले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणा सहित स्वागत मन्तव्य राखेका थिए ।

यो संस्था गैरराजनीतिक, निस्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाइको संस्थाको रुपमा विकास गरिने उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार भरतप्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावी योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्याम सुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मी र गायिका सुनिता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।

सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले फाउण्डेशनको स्थापना गरिएको संस्थाले जनाएको छ ।

मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्ने विश्वास संस्थाको छ ।

फाउण्डेशनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य (प्राथमिकता दिने) र मानार्थ सदस्यहरु थप गर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देशभरि क्रमशः विस्तार गर्ने रणनीति लिएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?