+
+

सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग-३’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १४:०७

काठमाडौं । सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग–३’ आयोजना गरिने भएको छ । गृष्मा ब्रोर्डकास्टिङले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘टीभीएस राइडर सप्तरंग–३’ सातै प्रदेशमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने विश्वास गरेको छ । सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरंग’ को मूल आशय रहेको आयोजकले जनाएको छ ।

कला संस्कृतिलाई उजागर गर्दै मंसिर २४ गतेदेखी काँकडभिट्टाबाट शुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टापछि मंसिर २६ गते जनकपुरमा, २८ गते चितवनमा, पुस १ गते नेपालगञ्जमा, पुस ३ गते सुर्खेतमा, पुस ५ गते धनगढीमा र पुस ९ गते पोखरा पुगेर कार्यक्रम समापन हुनेछ ।

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुनेछन् ।

नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभूषालाई विश्वसामु आफैं चिनाउनेछन् भन्ने मूल उदेश्यलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाइ लाई प्रष्ट्याउन कार्यक्रमले सघाउने विश्वास आयोजकले लिएको छ ।

दोश्रो संस्करणको सफल आबद्ध पश्चात यो पटक फेरि टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ। यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस राइडर साथ लिएर प्रचार अगाडि बढाउने भएको छ । केही साता अगाडि मात्र नेपाली बजारमा लन्च गरिएको टीभीएस राइडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिक-अपले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको र सातै प्रदेशमा सप्तरंगसंग आबद्ध भई टीभीएस राइडर पनि सातै प्रदेशमा लन्च गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?