+
+

दरबारभित्रको कथा भन्ने ‘कठपुतली’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १९:२४

२२ मंसिर, काठमाडौं । हरर कथामा निर्माण भएको चलचित्र ‘कठपुतली’को ट्रेलर बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रले राजाहरुको शासनकालमा दरबारभित्र हुने घटनाक्रमलाई देखाएको छ । निर्माणपक्षले केही दिनमै दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ । यो चलचित्र पुस १६ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

भीमसेन लामाको निर्देशनमा तयार भएको चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई अष्ट्रेलियाका छायांकार जोएल फ्रुमले खिचेका हुन् ।

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा लेखिका सम्पदा मल्लदेखि कलाकारहरुले सबैले मास्क लगाएर प्रवेश गरेको थिए । चलचित्रको कार्यकारी निर्माता समेत रहेकी मल्लले हरर जनरामा नेपाली मौलिकतामा रहेर चलचित्र बनाएको बताइन् । चलचित्रले भूतप्रेत र तन्त्रमन्त्रको कथा भन्ने उनले बताइन् । चलचित्रकी मुख्य कलाकार मिथिला शर्माले कथावस्तु र चरित्रले आफूलाई काम गर्न उत्साहित बनाएको बताइन् । उनले, यो चलचित्रले नारीको कथा भन्ने पनि बताइन् ।

नायक कर्माले हरर जनराको यो चलचित्रको कथा बलियो भएकाले आफू जोडिएको बताए । लामो समयपछि नेपाली चलचित्रको पर्दामा फर्किन लागेकी नायिका उषा रजकले एक महिलाले अर्की महिलालाई चलचित्रका लागि अफर गरेको बताइन् । उनले आफूले हरर चलचित्र अहिलेसम्म नहेरेको बताउँदै भूतप्रेतप्रति आफूलाई निक्कै विश्वास भएको सुनाइन् । यो चलचित्रले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा २ वटा अवार्ड जितेको थियो । यो चलचित्रमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा सहनिर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?