+
+

पौडेल समूहका केन्द्रीय सदस्यहरुको प्रस्ताव : सभापतिको उम्मेदवार हामी छान्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १३:५३

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरुले सभापतिको उम्मेदवार टुंगो लगाउने अधिकार आफूहरुलाई दिन आकांक्षीहरुलाई आग्रह गरेका छन् ।

सभापतिका आकांक्षीहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति जुट्न नसकेपछि बिहीबार विहान केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । एक नेता भन्छन्, ‘यदि तपाईंहरुबीच सहमति जुट्दैन भने हामीलाई जिम्मेवारी दिनुस् । सबैलाई समेटेर निर्णय गर्छौं भनेका छौं ।’

त्यही प्रस्ताव लिएर अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यले सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई भेटेका छन् भने अरु नेताहरुलाई पनि भेट्ने तयारी छ ।

आज बिहीबार नै फेरि आकांक्षी र केन्द्रीय सदस्यहरुको संयुक्त बैठक पनि बस्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?