+
+

सामसङको वासिङ मेसिनमा आकर्षक छुट योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १६:५८

काठमाडौं । सामसङ नेपालले जाडोयामलाई लक्षित गर्दै आधुनिक वासिङ मेसिन मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । मंसिर १२ देखि पुस मसान्तसम्म वा स्टक रहुन्जेलसम्म यो योजना लागू हुने कम्पनीले जनाएको छ ।

यो योजना मार्फत ग्राहकहरुले चुनिएका वासिङ मेसिनहरुमा १७ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसयोजनाले ग्राहकलाई जाडोयाममा वासिङ मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो वासिङ मेसिनलाई एआई कन्ट्रोलयुक्त वासिङ मेसिनसँग अपग्रेड गर्न प्रोत्साहन गर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार यसयोजनामा प्रदान गरिएका वासिङ मेसिनहरु नविनतम प्रविधि, जस्तै एआई कन्ट्रोल, इको बबल र हाइजिन् स्टिम प्रविधि छन् । यस अफरमा अरु प्राविधिका वासिङ मेसिन जस्तै वासर ड्रायर र सेमी अटोमेटिक वासिङ मेसिनहरु पनि उपलब्ध छन् ।

सामसङको नयाँ प्राविधिक वासिङ मेसिनका इको बबल प्रविधिले कठिन भन्दा कठिन दागहरु हटाउने र हाइजिन् स्टिमले ९९.९८ प्रतिशत किटाणुहरु मार्ने कम्पनीको दावी छ । योजनामा समाबेश भएका केही वासिङ मेसिनमा एड वास सुविधा उपलब्ध रहेको र यसले मेसिनमा हाल्न छुटेका कपडाहरु धोइरहेको समयमै राख्न मिल्ने एवं समय, पानी र ऊर्जाको समेत बचत गर्ने कम्पनीको भनाइ छ ।

जाडो याममा लुगा धुन सजिलो हुने विश्वासका साथ योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । वासिङ मेसिनको खरिद गर्ने ग्राहकहरुले निःशुल्क जडान सेवा उपलब्ध हुनेछ ।

सामसङको आधिकारिक शोरुम र सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका देशभर रहेका आधिकारिक विक्रेतामार्फत यो योजना लागू गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?