+
+

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १५:४९

२४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार ५१४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ भने ८ लाख ६ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ जना रहेका छन् । जसमध्ये ५ हजार ७२० जना होम आइसोलेसनमा रहेका छन् भने २७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?