+
+

लोसपामा विवाद, सोनललाई प्रदेश अध्यक्षबाट हटाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:५१

२६ मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद देखापरेको छ । पार्टी दर्ता भएको ६ महिना नबित्दै लोसपामा विवाद देखापरेको हो ।

पार्टी नेतृत्वले हालै प्रदेश २ र प्रदेशका जिल्लाहरुमा अध्यक्ष तोकेको छ । नेतृत्वले अध्यक्ष चयनमा मनोमानी गरेको भन्दै नेताहरु आक्रोशित बनेका छन् । उनीहरुले यो निर्णयलाई सच्याउन माग गरेका छन् ।

पार्टीको प्रदेश अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरिएको छ । सोनलसहित धनुषा जिल्लाको अध्यक्षमा चयन भएका परमेश्वर साहलाई हटाउन नेताहरुले माग गरेका छन् ।

पार्टीका ३१ जना नेताको जनकपुरधाममा बसेको बैठकले सोनल र साहलाई अध्यक्ष बनाइएको निर्णय रद्द गर्न माग गरेको छ । दुबैलाई अध्यक्ष बनाउनु आफूहरुलाई स्वीकार्य नरहेको भन्दै नेताहरुले लोकतान्त्रिक प्रक्रिया अर्थात् सामूहिक निर्णयबाट निर्णय गर्न माग गरेका छन् ।

‘अबिलम्ब निर्णय नसच्याए बाध्य भएर अर्को कठोर कदम चाल्न बाध्य हुनेछौं’ उनीहरुले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

पार्टी स्थापना भएपछि सामूहिक निर्णय गर्ने प्रतिबद्धतालाई लत्याउँदै जिल्ला तथा प्रदेश नेतृत्व मनोनित गरिएको नेता संजय सिंहले बताए । एकै जनालाई दोहोराई तेहराई जिम्मेबारी दिइ एकातिर एक व्यक्ति एक पदको अवधारणा लत्याइएको उनको भनाइ छ ।

जिल्लाका साथीहरुले सामूहिक रुपमा आग्रह गर्दै केन्द्रीय नेतृत्वलाई आग्रह गरेपनि त्यसलाई अस्वीकार गरेको बताउँदै सिंहले पार्टी नेतृत्वले आफ्नो निर्णय सच्याउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?