+
+

सप्तरंग ३ : ‘मुख्यमन्त्री राउत मधेशमा एक्लै लडिरहेको’ भन्दै बद्री पंगेनीले गाए गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १२:४५

२६ मंसिर, जनकपुरधाम । गृष्मा ब्रोडकास्टिङले ‘सप्तरंग ३’ अन्तर्गत प्रदेश २ को राजधानी जनकपुरधाममा सांगीतिक कार्यक्रम गरेको छ ।

‘सप्तरंग’ हेर्नका लागि आइतबार साँझ जानकी मन्दिरको प्रांगण भरिभराउ थियो । दर्शकहरु सांगीतिक मज्जा लिइरहेका थिए भने कलाकारहरु आफ्नो प्रस्तुतिमा दर्शकलाई मोहित बनाइरहेका थिए ।

यसैबीचमा स्टेजमा चढे गायक बद्री पंगेनी । उनले कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई लक्षित गर्दै गीत प्रस्तुत गरे । उनले गाएको गीतको भाव मधेशमा मुख्यमन्त्री राउत एक्लै लडिरहेको थियो ।

गायक पंगेनीले ‘मुस्ताङको स्याउ थियो, जुम्लाको स्याउ थियो,  विदेशी स्याउको भरपर्दाेछ । हुनेखानेहरु त काठमाडौं शहरमा मधेशमा लालबाबु त एक्लै लड्दैछ…’ बोलको गीत गाएका हुन् । उनले यो गीत मुख्यमन्त्रीकै लागि समर्पण गरेको पनि बताए ।

कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेल, गायिकाहरु मिलन नेवार, अस्मिता अधिकारी, हास्य कलाकार सन्दीप क्षेत्री लगायतले पनि आ-आफ्ना प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कलाकारहरुले प्रदेश २ सरकारको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गर्दै यससम्बन्धी मैथिलीमा गीत समेत गाएका थिए । ‘हमहु जेबै पढय लिखय हमरा शौख लागल यै…’ बोलको गीत कलाकारले गाएका थिए ।

जानकी मन्दिरमा प्रस्तुतिअघि रामानन्द चोकबाट नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय संघ-संस्थाका प्रतिनिधि समेतको सहभागितामा  र्‍याली प्रदर्शन गरिएको थियो । र्‍यालीमा नेपाल प्रहरीले व्याण्डबाजा प्रस्तुत गरेको थियो ।

गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको ‘सप्तरंग ३’ अन्तर्गत प्रदेश १ र २ मा सम्पन्न भइसकेको जानकारी दिए । अब अन्य प्रदेशमा यो कार्यक्रम गरिनेछ ।

तस्वीर सौजन्य : गृष्मा ब्रोडकास्टिङ प्रालि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?