+
+

कमेडी सिरियल ‘उकुसमुकुस’लाई दर्शकको साथ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १४:३३

२७ मंसिर, काठमाडौं । दर्शकले युट्युबमा हास्य सिरियललाई निक्कै रुचाएका छन् । त्यसैले पनि युट्युबको ट्रेन्डिङमा हास्य सिरियलहरुकै वर्चस्व देखिन्छ ।

विगत १० भागदेखि प्रसारण भइरहेको कमेडी सिरियल ‘उकुस मुकुस’लाई पनि दर्शकले रुचाएको यसको निर्माणपक्षले बताएको छ । सार्वजनिक १० भागमध्ये चारवटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको निर्माणपक्षको भनाइ छ ।

यो  सिरियलमा दिलीप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ ।

यो सिरियलमा पटकथा तथा संवाद केदारप्रसाद घिमिरे र दिलीप तामाङको छ । यस्तै, लेखन सुपरीवेक्षणको रुपमा केदारप्रसाद घिमिरेले काम गरेका छन् ।

लोकचन्द्र थापाको छायांकन रहेको यो सिरियलमा सुविन दाहालको सम्पादन, नहकुल भट्टराईको लगानी, दिलीप तामाङ र सीतादेवी तिमिल्सिनाको निर्देशन रहेको छ ।

आफूहरुले सिरियलमा गाउँघरका विषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले रुचाएको निर्माता नहकुल भट्टराईले जानकारी दिए । ‘उकुसमुकुस’को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको नवौं नम्बरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?