+
+

‘अभागी’ निराजन : फिल्म साइन गर्छन्, काम शुरु हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १४:४९

२७ मंसिर, काठमाडौं । म्युजिक भिडियोमा राम्रै चलेका मोडल निराजन प्रधानले चलचित्रमा पाइला राख्ने तयारी गरेको लामै समय भइसकेको छ । तर, उनलाई ‘लक’ लागेन भनौं वा निर्माताले चलचित्र घोषणा गरेर पनि बनाउन सकेनन् । निराजनले अभिनय गर्ने भनेर घोषणा भएका अधिकांश चलचित्र बन्न सकेनन् ।

निराजनले निर्मात्री कृषा चौलागाईंले निर्माण गर्ने भनेको एक चलचित्रमा काम गर्ने पक्का भएको थियो । तर, अब यो चलचित्र नबन्ने पक्का जस्तै छ । कृषाको निर्देशनमा नै बन्ने चलचित्रले पनि निराजनको आशा निराशामा बदलिदियो ।

यसपछि उनले निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी चलचित्र साइन गरे । चलचित्रमा नायक पल शाह र निराजन प्रधानले काम गर्ने पक्का भएको थियो । मिडियामा त्यसबेला निराजन गज्जबले छाए । तर, कोरोनाका कारण चलचित्रको छायांकन सर्‍यो । पहिलो चरणको लकडाउनपछि दिवाकरले चलचित्रमा नयाँ कलाकार राखे । योसँगै दिवाकरको चलचित्रमा काम गर्ने निराजनको आशा पनि निराशामा बदलियो ।

चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीतमा डिजेको रुपमा देखिएका निराजन चलचित्रका लागि भने अभागी नै देखिएका छन् । तर, उनको मुख्य भूमिका रहनेगरी नयाँ चलचित्र ‘म’को घोषणा भएको छ । निराजन यो चलचित्र भने निर्माण हुनेमा विश्वस्त छन् । निराजन भन्छन्, ‘यो चलचित्र पनि बनेन भने त मलाई ब्याड लक नै लाग्छ ।’

चलचित्रका लेखक प्रकाश पुरी पुस ११ गतेबाट छायांकन शुरु हुने बताउँछन् । तर, चलचित्र साइन गरेर पनि काम शुरु हुन नसक्दा निराजन निराश भने छैनन् । भन्छन्, ‘प्रतीक्षाको फल मीठो हुन्छ । मानिसले कर्ममा विश्वास गर्नुपर्छ । यसैले म निराश भने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?