+
+

जता प्रकाशमान उतै म : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:३७

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले आफू देउवाको पक्षमा उभिने स्पष्ट पारेका छन् ।

नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने बताएसँगै शर्माले उक्त कुरा बताएका हुन् । मंगलबार बिहान एक ट्वीट सन्देशमार्फत् उनले भनेका छन्, ‘सर्वसम्मति सर्वोत्तम ।

‘दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ’ उनले अगाडि लेखेका छन्, ‘पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो ।सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?