+
+

‘चुरीफुरी’का निर्देशक भन्छन्- फिल्मको विषयवस्तु बलियो छ, पछि हट्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:२३
'चुरीफुरी'का निर्देशक ऋषिराज आचार्य

२८ मंसिर, काठमाडौं । पुस २ गते रिलिज हुने भनिएको चलचित्र ‘चपली हाइट ३’ दुई साता पछि सर्‍यो । निर्माता अर्जुन कुमारले साउथ चलचित्र ‘पुष्पा’ र हलिउड चलचित्र ‘स्पाइडर म्यान’का कारण आफूले शो कम पाउने भन्दै पुस १५ गतेलाई नयाँ मिति तोके ।

योसँगै अब चलचित्र ‘चुरीफुरी’ के होला भन्ने चर्चा समेत शुरु भएको छ । पुस ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रका निर्देशक ऋषिराज आचार्य आफ्नो चलचित्र ‘पोष्टपोन्ड’ नहुने बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘दर्शकले चलचित्रको विषयवस्तु मन नपराएपछि व्यापार हुँदैन । हाम्रो चलचित्रको विषयवस्तु बलियो छ । यसैले चलचित्र पछि हट्ने भन्ने कुरा नै आउँदैन ।’

ऋषिराजले यो चलचित्रले हलसम्म नेपाली दर्शकलाई तान्ने समेत दाबी गरेका छन् । ‘अब हलमा नेपाली दर्शकलाई तान्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । दुई वर्षदेखि नेपाली चलचित्र पर्खिनुभएका दर्शकको तृष्णा चुरीफुरीले पूरा गर्नेछ ।’

हास्यरस बोकेको यो चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित लगायतका कलाकारको अभिनय छ ।

‘चुरीफुरी’ रिलिज हुने मितिमा हिन्दी चलचित्र ‘८३’ पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?